त्रिविद्वारा चैतसम्मका सबै परीक्षा स्थगित, पठनपाठन पनि बन्द [सूचनासहित]

भक्तपुर न्यूज

६ चैत २०७६ ८:३७

त्रिविद्वारा चैतसम्मका सबै परीक्षा स्थगित, पठनपाठन पनि बन्द [सूचनासहित]

काठमाडौं । कोरोनाभाइरुसको संक्रमणलाई मध्येनजर गरेर त्रिभुवन विश्वविद्यालयले ७ चैत्रदेखि हुने सम्पूर्ण पठन पाठन र परीक्षाहरू स्थगित गरेको छ ।

बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल संयोजकत्वको ‘कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ले गरेको निर्णय अनुसार बिहिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले परीक्षा स्थगितको निर्णय गरेको जनाएको छ ।

बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेपनि नियमित प्रशासनिक कामहरू भने यथावत सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै अहिले शिक्षाक, कर्मचारी र विद्यार्थीले पाउने विदालाई आगामी हिउँद र वर्षा याममा हुने विदामा मिलान गर्ने निर्णय त्रिविले गरेको छ ।

प्रकाशित मितिः २०७६ चैत्र ०६ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *