डाक्टर कुटपिट गर्नेलाई कारबाहीको माग गर्दैै चिकित्सकहरु आन्दोलित

भक्तपुर न्यूज

५ चैत २०७६ ८:५७

डाक्टर कुटपिट गर्नेलाई कारबाहीको माग गर्दैै चिकित्सकहरु आन्दोलित

काठमाडौं । डाक्टरमाथि कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै युनिभर्सल मेडिकल कलेज भैरहवाका चिकित्सकहरुले गरेको आन्दोलन (पेन डाउन ) का कारण उपचार सेवा प्रभावित भएको छ ।

आवासीय चिकित्सक र इन्टर्नसीपमा कार्यरत करिब दुई सय चिकित्सकले बिरामीको चेकजाँच र उपचार नगरी धर्नामा बस्दा उपचार सेवा प्रभावित भएको हो ।

आन्दोलनका कारण इमर्जेन्सी र ओपीडीमा बिरामीले उपचार गराउन पाएका छैनन् भने आईसीयूमा पनि नयाँ विरामी भर्ना रोकिएको आन्दोलनमा संलग्न डा. राजीव यादवले जानकारी गराए ।

स्टुडेन्ट वेलफेयर कमिटिको नेतृत्वमा चिकित्सकको सुरक्षाको ग्यारेण्टी र डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही र नभएसम्म काम नगर्ने गरी चिकित्सकहरुले मंगलबारदेखि पेन डाउन गरेका हुन् ।

नवलपरासी बर्दघाटकी ५० वर्षीया यमकुमारी बुढामगरको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएपछि उपचारमा लापरबाहीका कारण मृत्यु भएको भन्दै डाक्टरमाथि कुटपिट भएको थियो ।

प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *