कोरोना उपचारमा संलग्न चिकित्सक तथा नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सोमबार बसेको बैठकले भत्ता दिने निर्णय गरेको हो।
समितिले अन्य स्वास्थ्यकर्मीलाई भने ५० प्रतिशत र अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो।
अध्यागमन विन्दुमा प्रत्यक्ष रुपमा कोरोना रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मीहरु र नागरिक उड्डयन कार्यालयका कर्मचारीहरुलाई शुरु तलबमानको ५०% ले हुने रकम उपलब्ध गराउने भएको छ। संक्रमण जोखिम अवधिभर मात्र यस्तो भत्ता उपलब्ध गराउने सरकारले स्पष्ट पारेको छ।
यस्ता छन् १६ बुँदे निर्णय :
प्रकाशित मितिः २०७६ चैत्र ०४ मंगलबार