यात्रा गर्दा वान्ता रोक्ने घरेलु उपाय

भक्तपुर न्यूज

३ चैत २०७६ १०:३६

यात्रा गर्दा वान्ता रोक्ने घरेलु उपाय

काठमाडौं । सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ । कतिपय मानिस त वान्ता भएकै कारण बिरामीसमेत हुन्छन् । बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकाश मानिस वान्ता गर्छन् । कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् ।

कोही मानिसमा यात्रामा निस्कन साथ वान्ता गर्न थाल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ । वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो । शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ ।

रोकथामका उपायहरू

१. यात्रा गरिरहेको दिशा भन्दा फरक दिशामा फर्केर नबस्ने ।

२. सकेसम्म गाडीको अगाडिको सिटमा बस्ने,पानिजहाजको तलको मध्यभागमा तथा हवाइजहाजको पखेटानेरको सिटमा बस्ने ।

३. बसेको ठाउँमा सफा हावाको प्रवाह कम हुन नदिन मिल्नेभए झ्याल खोल्ने ।

४. यदि अन्य यात्रुलाइ वान्ता भइरहेको भएमा सकेसम्म टाढा बस्ने ।

५. मसन सिक्नेसको बारेमा कुरा नगर्ने र कुनै यात्रुले गरेमा ध्यान नदिने ।

६. यात्रा गर्दा पत्रपत्रिका तथा किताबहरू नपढ्ने,आँखा बन्द गर्ने अथवा कुनै टाढा को निश्चित बिन्दुमा हेर्ने ।

७. यात्रा गर्नु पूर्व धेरै चिल्लो खाना, धूम्रपान तथा मध्यपान नगर्ने ।

८. ध्यान भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने जस्तै गीत सुन्ने, केही खाने, गफ गर्ने आदी ।

९. यात्रा गर्नु पूर्व स्याउको जुस पिउने, पदिनाको चिया अथवा पदिनाको पात खाने, तिते पाती को चिया अथवा केही तिते पाती को रस खाने, अदुवाको चिया अथवा अदुवा खाने, यात्रा गर्दा कगति खाने गर्नाले पनि यसलार्इ कम गर्न सकिन्छ ।

१०. स्वास्थ्यकर्मिको सल्लाह बमोजिङ मात्र यात्रा गर्दा प्रोमिथाजिन, सक्लिजिन, डिफिन्हाड्रइन जस्ता औषधि सेवन गर्ने ।

वान्ता रोक्ने घरेलु उपाय

आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं । यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ । मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ । कसैलाई सवारी साधन जस्तैः– बस, ट्याक्सी, हवाईजहाज चढेको केही मिनेटमै सुरु हुन्छ भने कसैलाई घन्टौं पछि ।

केहि घरेलु उपाय यस्ता छन् :

१. जेठीमधु

Image result for जेठीमधु

यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ ।

२. ल्वाङ्ग

Related image

ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन ।

३. जामुन

जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ ।

४. आँप

काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ ।

 

५. सौंफ

Related image

सौंफले पनि वान्ता रोक्ने काम गर्दछ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन ।

६. अदुवा

 

रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ । यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ ।

अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ ।

प्रकाशित मितिः २०७६ चैत्र ३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *