संशोधन प्रस्ताव मधेसी मोर्चाले मान्नुपर्छः देउवा
१२ मंसिर, पर्सा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले नेकपा ९एमाले०ले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गरे।
एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बताए । उनले नेकपा९एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसदमा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गरे ।
उनले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली कांग्रेस धारणा रहेको प्रष्ट पारे । सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली कांग्रेस सकारात्मक रहेको बताए ।