कोरोना भाइरसको त्रासमा थपियो डेंगु !

भक्तपुर न्यूज

३ चैत २०७६ ६:४३

कोरोना भाइरसको त्रासमा थपियो डेंगु !

काठमाडौँ । विश्वभर अहिले कोरोना भाइरसको त्रास फैलिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ । चीन, अमेरिका, दक्षिण कोरिया सहित १ सय ५७ देशमा कोरोना संक्रमितको संख्या डेढलाख भन्दा बढी भइसकेको छ ।

नेपालमा भने हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्रिलाई पनि ठिक भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ । सरकार अहिले कोरोना नेपालमा भित्रिन नदिन उच्च स्तरिय समिति नै गठन गरेर कोरोना संक्रमणको प्रतिकार्यमा व्यस्त भएको छ ।

कोरोनाको संक्रमण नेपाल भित्रिन नदिन पूर्व तयारीमा लागेको सरकार सामु अर्को चुनौती थपिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले नेपालमा डेंगुको संक्रमण देखिन थालेको जनाएको छ ।

जाडो मौसम सकिएपछि शुरु हुने डेंगुबाट जनवरी देखि हालसम्म ३६ जना बिरामी परेको महाशाखाको तथ्यांक छ । विश्वभर कोरोना भाइरसको त्रास बढ्दै जाँदा नेपालमा डेंगुको रोग समेत थपिने संकेत महाशाखाको तथ्यांकले नै देखाएको छ ।

गत साउनदेखि कात्तिक सम्ममा नेपालमा भण्डै १५ हजार व्यक्तिमा डेंगु रोग देखियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन देखि कात्तिक सम्ममा डेंगुका कारण ६ जनाको मृत्यु भएको थियो । त्यसैले अब नेपालमा कोरोना भाइरसको विषयमा मात्र होइन डेंगुको विषयमा पनि सबै व्यक्ति समेत हुनुपर्ने देखिन्छ । त्यसैले आज हामी तपाईलाई डेंगु रोगको बारेमा केही जानकारी दिदैछौं ।

प्रकाशित मितिः २०७६ चैत ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *