डा. केसीको जीवनरक्षाको माग गर्दै आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिए
काठमाडौं, १० मंसिर । शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले आजदेखि काम नगर्ने भएका छन् । उनीहरुले आजदेखि बहिरंग विभाग (ओपीडी) सेवा बन्द गरेका हुन् ।
चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै अनसमा बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । रेजिडेन्ट र चिकित्साका विद्यार्थीहरुका संघसंगठनले पनि संयुक्त रुपमा कडा आन्दोलन गर्ने निर्णय गरेका छन् ।
डा. केसीका मागबारे सम्बन्धित निकायले कुनै कदम नचाले बाध्य भएर उनको जीवन रक्षाका लागि आन्दोलन चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको रेजिडेन्ट डाक्टर्स एसोसिएसनले जनाएको छ । यसअघि रेजिडेन्ट चिकित्सकहरुले हातका कालोपट्टी बाँधेर काम गर्दै आएका थिए ।
डा. केसी १३ दिनदेखि अनसनमा बसेका छन् । उनको अवस्था गम्भीर बन्दै गएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००