इजरायलमा भीषण आगलागी
एजेन्सी, १० मङ्सिर । इजरायलको तेस्रो ठूलो शहर हाइफा शहरमा भिषण आगलागी भएको छ । गत बुधबार बिहान करिब ११ बजेबाट सुरु भएको आगलागी साँझ अबेर रातीसम्म पनि नियन्त्रणमा आईसकेको छैन । दुई दिनबाट चलेको निरन्तर हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको हो । आगोका कारण दशौं हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको छ ।
आगो नियन्त्रण गर्न इजरायली अग्नि नियन्त्रकका साथै जापान, टर्की, इटाली, रुसलगायतका देशहरुबाट फायर फाइटर विमानहरु निरन्तर आइरहेका छन् तर पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
स्थानीय जंगलबाट सुरुभएको आगो बस्ती हुदै लगभग उक्त हाइफा सहर आधा आगोले छोपी सकेको छ भने करिब ७० हजार नागरिकहरु घर छोडेर बाहिर बसेका छन् । यसका साथै सरकारले सुरक्षित ठाउँमा स्थान्तरण गरेको छ । यो समाचार तयार पार्दा सम्म आगलागीबाट कुनै मानवीय क्षति नभएको स्थानीय मिडियाले बताएका छन् ।
हाइफाका आलावा इजरायलका अन्य १२ र १३ ठाउँमा पनि आगलागी भएको छ । जतातै आगलागी भएकोले स्थानीय तथा बिदेशी कामदारहरु त्रासपूर्ण तवरले बस्नु परेको अवस्था छ । के कति कारणले आगलागी भएको यकिन जानकारी नभएको स्रोतले बताएको छ ।