धादिङ केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं, १० मंसिर । धादिङको महादेवबेसी आसपास केन्द्रबिन्दु भएर गएराति पराकम्प गएको छ ।
गएराति ८ बजेर २३ मिनेट जाँदा ३.६ म्याग्नेच्युटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङ, नुवाकोट र मकवानपुरमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
केन्द्रले ४ रेक्टर स्केलमाथिको पराकम्प मात्र सार्वजनिक गर्ने र सोभन्दा मुनिका परकम्पलाई बेवसाइटमा मात्र राख्ने गरेको छ । गत वर्ष वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ४ सय ७४ परकम्प गइसकेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
