भक्तपुरमा ९५ कन्याहरुका सामुहिक बेलविवाह

भक्तपुर न्यूज

९ मंसिर २०७३ १०:५४

भक्तपुरमा ९५ कन्याहरुका सामुहिक बेलविवाह

भक्तपुर मंसिर ९ गते । भक्तपुरमा ९५ जना कन्याहरुका सामुहिक बेलविवाह सम्पन्न भएको छ । भक्तपुर चोफली टोलका स्थानिय आसकाजी खोंजुले आयोजना गरेको बेल विवाहको यज्ञमा नगरभित्रका ९५ कन्याहरुका नेवारी परम्परा अनुसार सामुहिक बेल विवाह भएको खोंजुले बताए ।
नेवारी समुदायमा बेल विवाहलाई विभिन्न कर्म मध्येको एक महत्वपुर्ण कर्म मानिन्छ । बेल विवाहमा बेलसंगै सुनको प्रतिमा राखेर सुर्य नारायणलाई अर्पण गरि सुवर्ण कुमारसँग विवाह गराई कन्यादान गरिन्छ ।

bel-bibaha
नेवार कन्याहरूको रजस्वला हुनु अघि नै बेलसँग विवाह भइसक्नुपर्ने धार्मिक परम्परा छ । बेलविवाह पछि कन्याहरूले अन्य विवाहित महिला सरह पहिरन तथा श्रृंगार लगाउन पाउँछन् । बेलविवाह गरेका चेलीहरू कहिल्यै पनि विधुवा हुँदैनन् भन्ने मान्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *