चीनको उर्जा उत्पादन केन्द्रमा दुर्घटनामा ४० को मृत्यु
एजेन्सी, ९ मंसिर । चीनको जियान्शी प्रान्तको एउटा उर्जा उत्पादन केन्द्रमा दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ । केन्द्रको कुलिङ टावरमा काम भइरहेका बेला भत्किएर भएको दुर्घटनामा अन्य केही घाइते भएको र केही फसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दुर्घटना भएका बेला त्यहाँ ६८ जना कामदार थिए ।
पूर्वी चीनको एक निर्माणाधिन उर्जा उत्पादन केन्द्रमा दुर्घटना भएको हो । उर्जा उत्पादन केन्द्रको कुलिङ टावरमा काम भइरहेका बेला भत्किएको थियो । दुर्घटनामा घाइते भएकालाई अस्पताल पुर्याइएको छ । दुर्घटनामा फसेकाहरुको उद्धारका लागि दमकलसहित सेना खटिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३