पृथ्वी चेप्टो छ भनेर पुष्टि गर्न अन्तरीक्ष जान खोज्ने व्यक्तिको मृत्यु (भिडियो)
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आफैँले घरमै बनाएको रकेट चढेर अन्तरीक्षतर्फ जान खोज्ने एक व्यक्तिको मृत्यु भएको छ।माइक ह्युज नामक ६४ वर्षे व्यक्तिले आफैँले वाष्प इन्जिनयुक्त रकेट बनाएका थिए। शनिबार सो रकेट प्रक्षेपणलगत्तै दुर्घटना भएको थियो। सो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।
जसमा रकेट उड्नेबित्तिकै नजिकै जमिनमा गएर बजारिन्छ। ह्युज पृथ्वी चेप्टो छ भनी दाबी गर्ने व्यक्ति थिए। उनले अन्तरीक्षमा पुगेर आफ्नो सिद्धान्त पुष्टि गर्ने बताएका थिए।
सन् २०१८ मा पनि उनले रकेट उडाएका थिए। उनले उडाएको रकेट ५ सय ७० मिटर माथि पुगेको थियो। त्यसपछि प्यारासुटको सहायताले उनको रकेट जमिनमा ओरालिएको थियो। सन् २००२ मै उनले ३१ मिटर लिमोजिन उडाइर गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए। एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५