काठमाडौं । युभेन्टसले इटालियन सिरी ‘ए’ मा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले एसपीएलमाथि २–१ को कठिन जित निकालेको हो । युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र आरोन राम्सीले एक एक गोल थपे । एसपीएलका एन्ड्रिय पेटाग्नाले एक गोल गरे ।
खेलको ३९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा राम्सीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा घरेलु टोली एसपीएलका एन्ड्रियले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल हुन नसकेपछि युभेन्टसले खेल २–१ ले आफ्ना पक्षमा पार्यो ।
।
रोनाल्डोले सिरी ‘ए’ मा लगातार ११ खेलमा गोल गर्ने ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमानलाई बराबरी गरेका छन् । अर्जेन्टिनी ग्याब्रियलले एसएस रोमाबाट १९९४ मा र इटालियन फावियोले साम्पडोरियाबाट गतवर्ष लगातार ११ खेलमा गोल गर्दै कीर्तिमान बनाएका थिए ।
जितसँगै युभेन्टसले लिगमा चार अंकको स्पष्ट अग्रता कायम गरेको छ । शीर्ष स्थानको युभेन्टसको ६० अंक छ । एक खेल कम खेलेको लाजियोको ५६ तथा इन्टर मिलानको ५४ अंक छ । पराजित एसपीएल १५ अंक जोडेर रेलिगेसन जोनको पुछारमा छ ।
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
Comments