जापानमा फेरि शक्तिशाली भूकम्प
एजेन्सी, ९ मंसिर । तीन दिन अघिमात्र ७.१ रेक्टर स्केलको भूकम्पको सामना गरेको जापानमा फेरि अर्को शक्तिशाली भूकम्प भएको छ । जापानको स्थानीय समय अनुसार आज बिहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिम रहेको जापानको मौसम विज्ञान विभागले जनाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भूकम्पपछि आधा घन्टासम्म लगातार तीन पटक पराकम्प गएको विभागले जनाएको छ।
विगतमा भूकम्प गए पश्चात सुनामीको चेतावनी दिने गरेको जापान सरकारले यस पटक भने हालसम्म चेतावनी दिइएको छैन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अहिलेसम्म कुनै मानवीय र अन्य क्षतिको विवरण बाहिर ल्याएको छैन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३