इरानमा १०० विमान बेच्ने लाइसेन्स

भक्तपुर न्यूज

८ मंसिर २०७३ ९:३८

इरानमा १०० विमान बेच्ने लाइसेन्स

८ मंसिर, काठमाडौं । अमेरिकी सरकारले एयरबस कम्पनीलाई एक सय भन्दा बढी विमान इरानलाई बेच्न अनुमति दिएको छ । फ्रान्समा रहेको विमान कम्पनी एयरबसले अमेरिकाबाट दोस्रो लाइसेन्स प्राप्त भएको पुष्टि गरेको छ । तर, कम्पनीले कति विमान बेच्नका लागि लाइसेन्स प्राप्त भएको हो भन्नेबारे केही खुलाएको छैन । यूरोपिय कम्पनी एयरबसले आफ्नो व्यापारिक गतिविधिका लागि अमेरिकासँग लाइसेन्स लिन पर्छ । किनकी विमानका १० प्रतिशत हिस्सा अमेरिकामा बन्ने गरेको छ ।

इरानको परमाणु कार्यक्रम सीमित गर्ने विषयमा कुरा मिलेसँगै यो प्रतिवन्ध हटाइएको हो । तर, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सुरु गरेसँगै यो लाइसेन्स फिर्ता हुन सक्ने बीबीसीले जनाएको छ । एक दिन अघिमात्र ट्रम्पले अस्तित्वमा आएको ट्रान्स प्यासिफिक ट्रड डीललाई सत्तासम्हालेसँगै रद्द गर्ने घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *