चटपटे, पकौडा वा अन्य खानेकुरा पत्रिकामा राखेर खानुहुन्छ ? यो पढ्नुहोस्
काठमाडौँ । कुनै पनि खानेकुरा पत्रपत्रिकामा राखेर दिनु र पत्रपत्रिकामा पोको पारेर राख्नु हाम्रो समाजमा सामान्य मानिन्छ । तपाईं चटपटे खान जानु बिक्रेताले पत्रपत्रिकामै राखेरै दिन्छ । तात्तातो दुनोट माग्नुहोस् या पकौडा माग्नुहोस्, बिक्रेताले तपाईँलाई पत्रिकामा बेरेर दिन्छ ।
हामी पनि प्रायजसो बाहिर जाँदा पकौडाको पसलमा पत्रपत्रिकामा राखेर खानेकुरा खाने गर्छौ । साथै कतै बाहिर जादाँ केही नसोची नसम्झी पत्रिकामा खाना राखेर लैजाने र पत्रपत्रिकामा नै खाने कुरा खाने गर्छौ ।
यसैगरी मासु पसलेले समेत पत्रिकामै पोको पारेर तपाईँलाई मासु दिन्छ । तर, तपाईँ हामीमध्ये कमैलाई थाहा होला–पत्रपत्रिकामा पोको पारेर दिएको खानेकुरा खानु स्वास्थ्यका हिसाबले ठिक हुँदैन । झन् त्यस्ता खानेकुरा खाँदा प्राणघातक रोग क्यानसर लाग्छ भन्ने कुरा त हामीमध्ये धेरैलाई थाहा नै छैन् ।
वास्तवमा खाद्य सुरक्षा निकायले यस्तो गर्नेलाई सचेत गराएको छ । निकायले मानिसहरूलाई यसको लागि सावधान गरेको छ कि पत्रिकामा खाना प्याक गर्न वा पत्रिकामा खाना खानु स्वास्थ्य को लागि हानिकारक हुन सक्छ ।
एफ.एस.एस.ऐ.आई.ले बताएको छ की यस्तो गर्नाले मानिसको शरिरमा कैंसर जस्तो घातक रोग उत्पन्न गर्ने खालको कारक तत्त्व प्रवेश गर्दछ । चेतावनी प्राप्त भएको छ र यही चेतावनीको साथ भारतीय खाद्य सुरक्षा एवंम मावन प्राधिकारणले मानिसको स्वास्थप्रति सचेत गराउँदै पत्रिकामा खाने चीज नराख्ने सल्लाह दिएको छ ।
यसले बताएको छ कि खाना जति पनि स्वास्थ्यवर्धक र स्वस्छ बनेको होस् तर जब यो पत्रिकाको सम्र्पकमा आउँछ तब यो हानिकारक हुन्छ । र, हाम्रो स्वास्थलाई नोक्सान पुयाउँछ ।
यस्तो किन हुन्छ ?
पत्रिका छाप्ने बेला प्रयोग हुने मसिमा धेरै प्रकारको खतरनाख ब्याक्टेरिया हुन्छ जसले हाम्रो शरीरमा एक्दमै नराम्रो असर गर्दछ । साथै, प्रकाशन मसि मा पनि नोक्सानदायक कलर, पिगमेंट र परिरक्षक हुन्छ जुन हाम्रो शरीरमा खानाको साथै टाँसिएर भित्र जान्छ जुन कि एक्दमै हानिकारक प्रमाणित हुन सक्छ ।
हो, यदी प्रयोगमा आइसकेका पत्रपत्रिकामा पाको पारेर राखिएका खानेकुरा खाने बानी छ भने आजै त्यागौँ ।
खानामा किटाणुहरू नफैलिउन् भन्नका लागि केहि टिप्स
हामीले गर्ने साना मसिना हेलचेक्राइले गर्दा हामीले खानामा किटाणुहरु फैलिएका हुन सक्छन् । खाना पौष्टिकताले पुर्ण छ भने पनि त्यसमा किटाणुहरु भए भने त्यसले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ । यसैले खानाको सम्बन्धमा हेलचेक्राइ वा लापरवाही गर्नु हुदैन । हामीलाई थाहा भएका तर लापरवाह गरेका कुराहरुका बारेमा हामीले यहाँ जानकारी दिदैछौ जसको व्यवहारिक प्रयोगले खानामा किटाणुहरुको संक्रमण रोक्न सकिन्छ ।
१. खाना पकाउनु अघि, खाना खानु अगाडि र केटाकेटीलाई खाना खुवाउनु अघि साबुनपानीले राम्ररी हात धुनुहोस् । हात राम्ररी धुनाले रोग फैलन पाउँदैन ।
२. काँचै खाने फलफूल र तरकारीको बोक्रा ताछेर वा राम्ररी धोएर मात्र खानुहोस् । हात पुछ्न एउटा सफा टालो राख्ने गर्नुहोस् ।
३. खानेकुरामा थुकका छिटा पर्न नदिन खाना राखिएको ठाउँमा खोक्ने, थुक्ने, चुइगम र पानजस्ता चिजहरू चपाउने गर्नुहुँदैन ।
४. काँचै खाइने खानेकुरासँग काँचो मासु, माछा आदि राख्नुहुँदैन ।
५. मासु काटिसकेपछि हात, हतियार र अचानो राम्ररी पखाल्नुहोस् ।
६.खानेभाँडाहरू जनावरहरूलाई चाट्न नदिनुहोस् । भरसक जनावरहरूलाई भान्छाकोठामा पस्न नदिनुहोस् ।
७. बिग्रिएको खाने कुरा तुरुन्तै फाल्नुहोस ।
खाना खादा गरिने गल्तिहरु जसले स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ
कतिपय सामान्य आनीबानीले पनि हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ । जस्तो कि, खाना खाने शैली, नुहाउने तरिका, हिँड्ने, सुत्ने, बस्ने ।
सामान्यतः के भनिन्छ भने स्वस्थ्य जीवनको लागि स्वस्थ्य दिनचर्या पालना गर्नुपर्छ । यसमा कस्तो खाने भन्ने मात्र होइन, कसरी खाने भन्ने कुराले समेत अर्थ राख्छ । कहाँ हिँड्ने भन्ने कुरा मात्र होइन, कसरी हिँड्ने भनने कुराले अर्थ राख्छ । कतिबेला सुत्ने भन्ने कुरा मात्र होइन, कसरी सुत्ने भन्ने कुराले पनि अर्थ राख्छ ।
स्वस्थ्य दिनचर्याका लागि उचित आहार, बिहार र बिचार महत्वपूर्ण हुन्छ । यससँगै खाने तरिका, सुत्ने तरिका, बस्ने तरिका पनि सहि हुनुपर्छ ।
खाना खादा के गर्नु हुन्छ र के गर्नु हुदैन ?
१.खाना खाँदा बोल्नु हुँदैन । जुत्ता चप्पल लगाएर, उठेर, नराम्रा कुराहरु हेर्दै र सुन्दै खाना खानु हुँदैन ।
२.दक्षिण दिशातर्फ फर्केर खाना खान हिन्दुधर्म ग्रन्थहरुमा निषेध गरिएको छ । दक्षिण दिशातिर फर्केर खाएको खानाले शरीर र स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु दिने गर्दछन् । त्यसकारण सकेसम्म खाना खाँदा पूर्व वा उत्तरतिर फर्केर नै खानुपर्छ । पश्चिमतिर फर्केर खानुलाई पनि ठिकै मानिएको छ ।
३.आयुर्वेदमा खाना खानु भन्दा ठीक अघि पछि र खाना खाने समयमा पानी खानु हुँदैन भनेको छ । खाना खाँदा पानी पिएमा त्यसले विषको काम गर्छ भन्ने मान्यता छ । यस कुरालाई भौतिक विज्ञानले पनि स्वीकारेको छ ।
४.खाना खाइसकेपछि बज्र आसनमा बस्नाले खाएको कुराहरु पच्दछ । खाना खाएपछि १०० पाइला हिँड्नाले शरीरलाई अनावश्यक मोटो हुन दिँदैन भन्ने कुरा आयुर्वेदमा भनिएको छ ।
५.खाने बित्तिकै सुत्यो भने अनेक प्रकारका रोगहरु लाग्छन् । मोहीले पाचन क्रियालाई मजबुत बनाउने भएकाले खाना खाएपछि मोही खानु उत्तम हुन्छ । खानेबित्तिकै ध्यान गर्न, व्यायाम गर्न, शरीरमा तेल लगाउन हँुदैन ।
६.चुठेपछि चिसो हातले आँखामा स्पर्श गर्नाले आँखा तेजिलो हुन्छ भन्ने शास्त्रीय मान्यता छ । खाना सकेसम्म चरेशको थालमा खानु उत्तम हुन्छ ।
७.आफूले नसक्ने खाना जुठो लगाएर फाल्नु हुँदैन, यसो गर्नाले घरमा दरिद्रता लाग्दछ भनिन्छ । नरुच्ने र नपच्ने खाना खानु हुँदैन । महर्षि चरकले दीर्घ जीवनको लागि कम खाना खानु भनेका छन् ।
७.यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ । यसरी भोजन गर्ने मानिस पेटका रोगहरुबाट पीडित हुनुपर्दैन र उसले स्वस्थ र शान्तसँग आफ्नो जीवनयापन गर्न सक्दछ भन्ने शास्त्रीय मान्यता छ ।
खाना खानसाथ हिँड्नु ठिक कि बेठिक ?
-खाना खानसाथ तुरुन्तै हिँड्नु सहि हुँदैन । किनभने यसले रक्त संचारमा प्रभाव पार्छ । यस्तोमा पाचन प्रक्रिया पनि सहि हुँदैन । खाना खाएको आधा घण्टापछि मात्र टहल्नु राम्रो हो ।
खाना खाए लगत्तै चिया पिउनु ठिक कि बेठिक ?
– खाना खाएको दुई घण्टाबीचमा चिया पिउनु हुँदैन । किनभने चियाको पातमा एसिडिक तत्व हुन्छ । त्यसैले खाना खाए लगत्तै चिया पिउँदा प्रोटिनको डाइजेशन सहि ढंगले हुन पाउँदैन ।
खाना खानसाथ फलफूल सेवन गर्नु ठिक कि बेठिक ?
– खाना खाएको एक घन्टापछि मात्र फलफूल सेवन गर्न सकिन्छ । खाना खाए लगत्तै फलफूल सेवन गर्दा त्यो पचाउन गाह्रो हुन्छ । त्यसको न्यूटि्रशन शरीरले ग्रहण गर्दैन । फलतः एसिडिटी वा डाइसेसनको समस्या हुनसक्छ ।
के गर्ने सकिन्छ खाना खाए लगत्तै ?
खाना खानसाथ चिया, कफी, पानी पिउनु पनि ठीक हुँदैन । यद्यपी खाना खानुअघि र खाना खाए लगत्तै थोरै पानी पिउनु राम्रो हो, जसले पचाउन मद्दत गर्छ । खाना खाइसकेपछि सुत्नु वा सुत्ने पोजिसनमा बस्नु पनि पाचन यन्त्रको लागि अनुकुल हुँदैन । खानालाई राम्ररी पचाउनका लागि खाना खाए लगत्तै बज्रासनमा बस्नुपर्छ । कम्तिमा पाँच मिनेट यो आसनमा बस्नु राम्रो मानिन्छ ।
हामी आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । हामी यति ब्यस्त भएका छौं की खाना खानका लागि पनि कयौंले समय तालिका बनाएका हुन्छौं । तर समय ब्यवस्थापनको यो तरिका सबै तरिकाले हानी नै गर्ने भने अवश्य छैन ।
विहान १० बजे घडि हेर्दै भन्छौं, ‘अहो दश बजिसकेछ अब त खाना खानुपर्छ ।’ अनि अलि विहानको समयमा भन्छौं, ‘बल्ल सात बजेको छ के खाना खानु यत्ति छिटो ?’
अब विचार गर्नुहोस् । हामी आफ्नो आवश्यकता अनुसार चलेका छौं त ? खानाको कुरामा पनि हामीलाई घडिले कजाईरहेको छ । हरेक सेकेण्ड उत्तिकै महत्वपूर्ण ठान्ने हामी आफ्नो शरिरलाई महत्व दिएकै हुँदैनौं । फलस्वरुप आजकाल मानिसहरुलाई लाग्ने रोगका प्रकृतिहरु पनि बदलिएका छन् । मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
त्यसो भए समयमै खाने कि भोक लागेपछि ?
भोक लागेपछि खाना खानुका फाइदा
१. शरीरको आवश्यकता पुरा हुन्छ
२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ
३. थकान कम हुन्छ
४. काममा ध्यान केन्द्रित गर्न सकिन्छ
५. खाना खानकै लागि समय कुरिरहनु पर्दैन
भोक लागेपछि मात्र खाना खाँदाका बेफाइदा
१. सही पोषकतत्व प्राप्त गर्न सकिन्न
२. आवश्यकताभन्दा बढि खाइन्छ
३. समय व्यवस्थापन गर्न गाह्रो हुन्छ
समय अनुसार खाना खाँदाका फाइदा
१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ
२. एसिडिटी र थकान हुँदैन
३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ
४. समय व्यवस्थापन गर्न सजिलो हुन्छ
समयअनुसार खाना खाँदाका बेफाइदा
१. भोक मर्छ
२. खाना नाश हुन्छ
३. पेटमा विभिन्न किसिमका समस्या हुन सक्छ
४.जबरजस्ती खाँदा खाना रुच्दैन
५. चाँडै थकान हुन्छ
प्रकाशित मितिः २०७६ माघ २९ बुधबार