फुटबल लिजेण्ड पेले डिप्रेशनको शिकार

भक्तपुर न्यूज

२८ माघ २०७६ ९:२४

फुटबल लिजेण्ड पेले डिप्रेशनको शिकार

काठमाडौं । फुटबल लिजेण्ड पेले डिप्रेशनको शिकार भएको उनको छोरा इडसनले बताएका छन् । लामो समयदेखि अस्वस्थ रहेका उनी अस्वस्थ भएकै कारण डिप्रेशनमा गएको बताइएको छ ।

इडसनले भनेका छन्, ‘बुबा लामो समयदेखि बिरामी हुनुहुन्छ । उहाँको केही महिना अघि हिप ट्रान्सप्लान्ट गरिएको थियो । उहाँ हाम्रा लागि राजा नै हो । तर, पछिल्लो समय बुबा डिप्रेशनको शिकार हुनुहुन्छ । लामो समय बिरामी भएका कारण उहाँमा यस्तो समस्या देखिएको हो ।’

उनले थप भनेका छन्, ‘उहाँ प्राय असहज महसुस गर्नुहुन्छ । यसले पनि उहाँमा थप समस्या सिर्जना गरेको हो ।’एजेन्सी

प्रकाशित मितिः २०७६ माघ २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय