महाचैत्यको जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न
काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट क्षतिग्रस्त बौद्ध महाचैत्यको पुनःनिर्माण सम्पन्नले अन्य क्षेत्रको पुनःनिमार्णलाई समेत उर्जा थपेको बताएका छन् । महाचैत्यको जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा उनले इच्छाशक्ति भयो भने जस्तो सुर्कै कठिन कार्य समेत बेलैमा सम्मपन्न गर्न सकिने बताए । पुनः निमार्णको काममा सबैको सहयोग रहेको भन्दै सबैले आफ्नो क्षेत्रबाट जीम्मेवारी पुरा गरे सफलता हासिल हुने उनले दाबी गरे । विश्व सम्पदा सूचीमा रहेको यो ऐतिहासिक सम्पदालाई आफैँले पुनःनिर्माण गर्न सक्छौँ भन्ने प्रमाणित गरेको बताउँदै उनले भने हामी पुनःनिर्माणको ऐतिहासिक चरणमा छौँ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले विद्यमान नियम कानुनले समयमै भूकम्पले प्रभावित क्षेत्रको पुनःनिर्माण गर्न नसकिने बताउँदै त्यस्ता कानुन परिमार्जन गर्नु आवश्यक रहेको बताए। चिनियाँ बौद्ध सङ्घका उपाध्यक्ष बौद्ध धर्मगुरु यिन सुनले बौद्ध महाचैत्य नेपाल र चीनका लागि मात्र नभई विश्वका सम्पूर्ण बौद्धधर्मावलम्बीका लागि पवित्रस्थल भएको बताए। कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा, धर्मगुरु मिङ्ग्युर रिन्पोछे, समिति सदस्य चमेलीकुमारी लामा र कार्यकारी निर्देशक फुपू याङ्जी लामाले पुनःनिर्माणमा भएका कामका बारेमा जानकारी गराउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।