समृद्ध मधेस काँग्रेसको चाहनाः पौडेल
काठमाडौं,६ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकार सम्पन्न र समृद्ध मधेस काँग्रेसको चाहना रहेको बताएका छन्। पौडेलले महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसले नै मधेसको समस्या सम्बोधन गर्नसक्ने दाबी गरे।
आफ्नो पछिल्लो मधेस भ्रमणका क्रममा आम मधेसीले आर्थिक समृद्धि, रोजगारी, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच होस् भन्ने चाहेको नेता पौडेलको भनाइ छ। संवैधानिक रुपमा सम्बोधन गर्नै पर्ने मधेसका एजेन्डाबारे सबै दलसँगको सहकार्यबाट संशोधन गरिने पौडेलले बताए।
एक फरक प्रसङ्गमा नेता पौडेलले दलको नेतृत्व गर्नेले सबैलाई समेटेर अघि बढ्नुपर्ने उल्लेख गरे। नेता पौडेलको आजै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८