कोइला खानीमा विस्फोट चारको मृत्यु
एजेन्सी ,, ६ मङ्सिर । चीनको मध्य भागमा पर्ने हेनान प्रान्तमा अवस्थित एक कोइला खानी विस्फोटमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
स्थानीय समयाअनुसार आइतबार अपराह्न ३ बजे भएको यस विस्फोटमा परी खानीका पाँच कामदार फसेका थिए । बेलुकासम्म दुई व्यक्तिको मृत्यु भएको र एक सख्त घाइते भएको खानीका अधिकारीहरुले जानकारी दिएका थिए ।
बाँकी दुइ व्यक्तिको शव खानीबाट सोमबार विहान ८ बजे निकालेपछि यस घटनामा मारिएका व्यक्तिको सङ्ख्या चार पुगेको बताइएको छ । विस्फोटनको कारण अनुसन्धानरत रहेको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५