चीनबाट उद्धार गरिने नेपालीलाई चार स्थानमा राखिने

भक्तपुर न्यूज

२३ माघ २०७६ ८:१९

चीनबाट उद्धार गरिने नेपालीलाई चार स्थानमा राखिने

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार यी क्वारेन्टाईनमा सम्पूर्ण ब्यवस्था मिलाउन सम्बद्ध मन्त्रालय र सुरक्षा निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले निर्धारित कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न सम्बद्व मन्त्रालय र निकायहरूलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीेले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए।

शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन समेत उनले बैठकमा निर्देशन दिएका थिए बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरे भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएका थिए।

यसैबीच नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ।

प्रकाशित मितिः २०७६ माघ २३ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय