जाडो मौसममा किन सुनिन्छन् हातखुट्टा ?

भक्तपुर न्यूज

२० माघ २०७६ ७:१८

जाडो मौसममा किन सुनिन्छन् हातखुट्टा ?

काठमाडौं । चिसो मौसममा हातखुट्टा फुट्ने, सुन्निने जस्ता समस्याले निक्कै सताउँछ । यसरी हातखुट्टा सुन्निने, खुला छाला चिसो हुने, रातो फोका आउँने, छालामा निलो, रातो डाम देखिने समस्यालाई पर्निओसिस भनिन्छ । यस्तो समस्या पुरुषमाभन्दा महिलामा बढी देखिने गर्छ ।

घरमा काम गर्ने बढी भाडा माझ्नुपर्ने, लुगाधुने वा पानी धेरै चलाउनुपर्ने महिलामा यो समस्या बढी मात्रामा देखिन्छ । बिहान बिहान स्कुल तथा कलेज जानेहरुमा पनि यो समस्या धेरै हुन्छ । हातखुट्टा, कान, नाक, गाला लगायत कपडाले नछोपिने भागमा पार्निओसिसको असर बढी देखापर्छ ।

कुनै निश्चित उमेर समूहभन्दा पनि धेरै चिसोपानी चलाउने र चिसो हावामा हिड्दा यो समस्या हुन्छ ।

पोर्निओसिस हुने कारण

चिसोमा रक्तसञ्चार नली खुम्चिएर रक्तसञ्चारमा कमी आई छालाको रङ परिवर्तन हुन्छ । लुपस बाथको बिरामीलाई पनि यो समस्या हुन्छ । नसा खुम्चिएर रक्तसञ्चारमा अवरोध आई रगत बग्ने, सानासाना नलीहरु खुम्चिन्छन ।

रक्तसञ्चारमा गडबडी मुटुरोगका बिरामीमा बढी देखिन्छ । कुनै–कुनै मानिसलाई एलर्जीको कारण पनि यो समस्या देखिने गर्छ ।

लक्षण

– सुरु हुँदा चिलाउने, सुन्निने ,निलो, रातो डाम देखिने हुन्छ ।

– कपडाले नछोपिएको शरिरको विभिन्न भागमा चिलाउने हुन्छ ।

– चिसो लागेको भागमा चिलाउनुका साथै पोल्ने, सुन्निने, दुख्ने, घाउ हुने हुन्छ ।

– बिस्तारै छालाको रङ परिवर्तन हुन्छ, छाला रातो र गाढा निलो हुने गर्छ ।

– छालामा पानीको फोका आउने गर्छ ।

– त्यसलाई स्याहार नगरेमा बिस्तारै फोका फुटेर घाउ हुने गर्छ ।

– यदि समयमा उपचार गरिएन भने हातखुट्टाका औंला झर्न सक्छ ।

– बंशाणुगत रुपमा पनि सरेर आउने हुन्छ ।

बच्ने उपाय

यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिकता हो। चिसोमा काम गर्नु वा खेल्नुपरेमा गोडामा मोजा र हातमा पन्जा लगाउनुपर्छ। यदि, पानीमा काम गर्नुपर्ने अवस्थामा पन्जा लगाउन नमिले मनतातो पानीका काम गर्नुपर्छ।

चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। चिसोबाट आउँदा तातोमा हातखुट्टा सेकाउँदा ठिक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, त्यो गलत हो। चिलब्लेन्सले दुःख दिएको छ भने हामीले हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो।

रगत सर्कुलेसनलाई बढाउने उपाय अपनाउनुपर्छ। यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। यस्तै, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

घरेलु उपायले यो रोग निको भएन भने औषधि सेवन गर्न पनि सकिन्छ। मानिसले जाडो मौसममा पानी कम मात्रामा पिउनाले, शरीरमा पानीको मात्रा कम हुने र प्रतिकूल मौसमलाई शरीरले समायोजन गर्न नसक्दा हात खुट्टा सुनिने समस्या देखा पर्ने चिकित्सकहरु बताउँछन् ।

यसबाहेक हात खुट्टा सुनिने कारण यस्ता छन्-

सामान्य अवस्थाः

-मोटोपना भएमा
-दैनिक धेरै समय उभिनुपर्दा
-एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने
-गर्भावस्थाको समयमा
-उच्च रक्तचाप भएका वेला
-गर्भवती महिलामा अन्य रोग लागेमा

असामान्य अवस्थाः

-मुटुसम्बन्धी रोग भएमा
-मुटु कमजोर भएमा
-उच्च रक्तचाप र भल्बको रोग भएमा
-दम भएमा
-मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने हात खुट्टा सुनिने समस्या देखा पर्छन् ।

प्रकाशित मितिः २०७६ माघ २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *