चीनमा १३ सय शैयाको अर्को अस्पताल पनि निर्माण हुँदै

भक्तपुर न्यूज

२० माघ २०७६ ६:२०

चीनमा १३ सय शैयाको अर्को अस्पताल पनि निर्माण हुँदै

काठमाडौं । कोरोना भाइरसको उपचारका लागि एक हजार शैयाको छुट्टै अस्पताल संचालन गरेको चीनले अर्को अस्पताल निर्माण पनि तीब्र पारेको छ । संक्रमणले महामारीको रुप लिएको चीनको वुहानमा अति तीव्र गतिमा १३ सय शैयाको अर्को अस्पताल पनि निर्माणाधीन अवस्थामा रहेको हो ।

यसअघि निर्माण गरिएको अस्पताल पर्याप्त नभएपछि अर्को अस्पताल निर्माणलाई पनि तीब्रता दिइएको चिनियाँ अधकारीहरुले जनाएका छन । निर्माणाधिन अस्पताल बुधबारसम्म बनिसक्ने छ । गएको डिसेम्बर ३१ मा हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भइरसको संक्रमण अहिले चीनसहित विश्वका २२ भन्दा बढी मुलुकमा फैलिएको छ ।

कोरोना भाइरसकै कारण चीनमा अहिलेसम्म ३६१ जनाको मृत्यु भएको पुष्टि भएको छ । १७ हजार भन्दा बढी मानिसमा संक्रमित भएका छन । आइतबार पहिलो पटक चीन बाहिर पनि एक जनाको मृत्यु भएको छ । फिलिपिन्सको मनिलामा मृत्यु भएका ती व्यक्ती चिनियाँ नागरिक नै भएको पुष्टि भएको छ ।

विश्वका विभिन्न देशले चीनबाट आउने विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । यस्तै आफ्नै नागरिकको पनि क्वारेन्टाइन गरिरहेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य संगठनले सोमबार दिएको जानकारी अनुसार २१ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । यस्तै एक लाख ५२ हजार ७०० जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । ४७५ जना भने निको भएर अस्पतालबाट बिदा भएका छन्। एजेन्सी

प्रकाशित मितिः २०७६ माघ २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *