बुलेट चलाएर शो मा पुँग्दा सामाजिक सञ्जालमा ट्रोल हुँदै सोनाक्षी
काठमाडौँ । बलिउड नायिका सोनाक्षी सिन्हाले यसअघि पनि ट्रोलरको सामना गरिसकेकी छिन् । यसपटक उनलाई फेरि प्रयोगकर्ताले मजाक बनाएका छन् । यसपटक सोनाक्षी मुम्बईको सडकमा बुलेट बाइक चलाएर ट्रोल बनेकी हुन् ।
खासमा सोनाक्षी सिन्हा हालै नायिका करीना कपूरको रेडियो शो ‘ह्वाट विमेन वान्ट’ मा बुलेट बाइक चलाउँदै पुगेकी थिइन् । सोनाक्षीले बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियोमा सोनाक्षी दबंग स्टाइलमा देखिएकी छिन् । भिडियोमा सोनाक्षीले बाइक चलाउँदा उनका बडीगार्ड र मिडियाकर्मी पछिपछि भागिरहेकी हुन्छिन् । भिडियोमा सोनाक्षीका कारण बाटोमा ट्राफिक जाम भएको देख्न सकिन्छ ।
भलै यो भिडियोलाई लिएर कतिपयले सोनाक्षीको तारिफ पनि गरेका छन् । तर, कतिले भने उनको भीआईपी शैलीको विरोध गरेका छन् । एक प्रयोगकर्ताले सोनाक्षीको तारिफ गर्दै कमेन्ट गरेका छन्, ‘सोनाक्षी तपाईंको बाइक राइडिङ स्किल तपाईंको अभिनयभन्दा बढी राम्रो छ ।’
‘यो के मजाक चलिरहेको छ ?,’ अर्का एक प्रयोगकर्ताको कमेन्ट छ । पछिल्लो समय सोनाक्षी सलमान खानसँग फिल्म ‘दबंग ३’ मा देखिएकी थिइन् । फिल्ममा उनी सलमान खानको अपोजिटमा थिइन् ।
प्रकाशित मितिः २०७६ माघ १९ आइतबार
