सविधान संशोधनको बखेडा झिक्नु आवश्यक छैनः नेता रावल काठमाडौ ।
काठमाडौं, ३ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनको बखेडा झिक्नु आवश्यक नै नभएको बताएका छन् । नेपालको संविधान दुई दुई पटक संविधानसभाको निर्वाचन गरेर बचाएको बताउँदै उनले संविधान संशोधनले नेपालीलाई के फाइदा पुग्ने हो भन्ने स्पष्ट नभई संशोधनको बाजा बजाउनुको अर्थ नभएको बताए । तराई र पहाडलाई मिल्न नदिने, अंगिकृत नागरिकलाई राष्ट्रप्रमुख बनाउने खेलमा संविधान संशोधनको बखेडा झिकेको स्पष्ठ भएकाले एमाले औचीत्यबीनाको संविधान संशोधनको पक्षमा नभएको बताए । मनघरी फाउनडेसनको आयोजनामा बिहीबारबाट राजधानीमा सूरु भएको फोटो पत्रकार भरतबन्धु थापाको चार दिने एकल फोटो तथा भीडीयो पदर्शनी अवलोकन क्रममा नेता रावलले सञ्चारकर्मीसँग कुराकानी गर्दै देशलाई विभाजन गर्ने खेललाई एमालेले असफल बनाउने बताए । उनले एमाले सत्ता समिकरण बदल्ने उद्देश्यमा नलागेको र बाहिर आए जस्तो प्रचार प्रसार मिथ्या भएको बताए ।
कार्यक्रममा माओवादी केन्द्रकी पवक्ता पम्फा भुसालले संविधान संशोधनको गृहकार्य अन्तिम चरणमा पुगेको बताउँदै तोकिएको समयमा स्थानीय निकायको निर्वाचन भइछाड्ने दावी गरिन् । उनले वर्तमान समयमा प्रचण्ड नेतृत्वको सरकारको मुख्य कार्यभार संविधान कार्यान्वयनै भएको बताउँदै सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गरेर देशलाई राष्ट्रिय सहमतिको रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले सबैले संबिधान कार्यान्वयनमा लाग्नु पर्नेमा जोड दिइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जवराले संविधान संशोधनको लागि एमाले सहमत नभए जटिलता उत्पन्न हुने बताउँदै एमालेलाई पनि सँगै लिएर अगाडि बढ्नुपर्ने धारणा राखे । मध्य तथा सुदुरपश्चिमका पर्यटकीय स्थललाई तस्विर तथा भिडियोबाट प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डमा बिहीबारबाट सूरु भएको ४ दिने प्रदर्शनीमा १५ जिल्लाका प्रमुख पर्यटकिय स्थलका ५० तस्बीर तथा सुदुरपश्चिमको पर्यटकीय स्थलका भीडीयो राखिएको छ ।