दैनिक लिपिस्टिकको प्रयोग, हुनसक्छ खतरा

भक्तपुर न्यूज

१९ माघ २०७६ ७:४७

दैनिक लिपिस्टिकको प्रयोग, हुनसक्छ खतरा

काठमाडौँ । महिलाहरुका लागि श्रृंगारपटार अनिवार्य जस्तै छ । बिशेष गरि आफ्नो सौन्दर्यलाई लिएर बढि चनाखो हुँने कारणले उनीहरु श्रृंगारपटारमा ध्यान दिन्छन् ।महिलाका लागि सुन्दरी हुनु एक गुण नै हो । बिहान उठे पछि महिलाहरु आफ्नो श्रृंगारपटारमा नै समय लगाउँछन् ।

यस्तैमा उनीहरुले लाली पाउडर समेत लगाउने गर्छन् । मेक अप गर्दा लिपस्टिकको भूमिका पनि महत्वपुर्ण नै मानिन्छ । तर आफूले लाउने लिपिस्टिकले स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने बारेमा भने उनीहरु जानकार छैनन् ।

केही समयअघि अमेरिकामा गरिएको एक अध्यननले लिपिस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता नै कमजोर हुँदै गएको फेला परेको थियो । लिपिस्टिकमा एक किसिमको सीसा प्रयोग हुन्छ । जुन मानव स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।

अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड) जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो । नेपालमा पनि केही समय अघि सरकारले सौन्दर्य सामग्रीमाथी हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुने विशेषज्ञहरुले जनाएका छन ।

प्रकाशित मितिः २०७६ माघ १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *