काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
शनिबार राति भएको मड्रिड डर्बीमा रियलले १-० गोलको साँघुरो जित निकालेको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा बेन्जिमाले गोल गरेका थिए ।
जितसँगै शीर्ष स्थानको रियलले २२ खेलमा ४९ अंक जोडेको छ । जितपछि रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ६ अंकले अघि रहेको छ ।
एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ । पाँचौं स्थानको एट्लेटिकोले ३६ अंक जोडेको छ ।
अर्को खेलमा ग्रानडाले स्पानियोललाई २-१ गोल अन्तरले पराजित गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १९ आइतबार
Comments