नानो कारलाई हेलिकप्टरको डिजाइन
काठमाडौं । भारतको बिहार राज्यमा रहेको छपरामा बस्ने २४ वर्षीय मिथिलेश प्रसादले आफ्नो नानो कारलाई हेलिकप्टरको डिजाइन दिएका छन् । हेलिकप्टर जस्तो देखिने कार अहिले आकर्षणको केन्द्र बनेको छ ।
मिथिलेश पेशाले पाइप फिटर हुन् र उनले टाटा नानो कारमा हेलिकप्टरको आधारभूत डिजाइन फिट गरेका हुन् । हुन त यो कार उड्न सक्दैन तर यसमा हेलिकप्टरकै जस्तो मेन रोटोर, टेल बूम र टेल रोटोर छ । रोटोर र साइड प्यानलहरूमा रंगीबिरंगी एलईडी बत्ती जडान गरिएका छन् ।
मिथिलेश र उनका भाइलाई यो डिजाइन बनाउन सात महिना जति लाग्यो र यसमा उनीहरूले सात लाख भारु खर्च गरे । १२ कक्षा उत्तीर्ण गरेका मिथिलेशले पहिलेदेखि नै हेलिकप्टर बनाउने सपना देखेको र हेलिकप्टर बनाएर उडाउन नपाएपनि सडकमा हेलिकप्टर कार गुडाउन पाएको बताए । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
