नेपालमा आइफोन सेभेन र सेभेन प्लसको बिक्री सुरु

भक्तपुर न्यूज

३ मंसिर २०७३ ७:३२

नेपालमा आइफोन सेभेन र सेभेन प्लसको बिक्री सुरु

काठमाडौं, ३ मंसिर । आजदेखि नेपाली बजारमा आइफोन सेभेन र सेभेन प्लस मोबाइलको विक्री सुरु भएको छ । एप्पलको नेपालस्थित आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रा.लि.ले आइफोन सेभेन र सेभेन प्लस मोबाइल विक्री आजबाट सुरु गरेको हो ।
प्रा.लि.ले आइफोन सेभेन र सेभेन प्लस किन्नेहरुका लागि एक हप्ता अघि देखि नै अगिम्र बुकिङ खुलाएको थियो । जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रा.लि.की निर्देशक निकिता भिमसरियाले भ्याट बिल लिएर १ वर्षको ग्यारेन्टीको सुविधा लिएर मोबाइल किन्न आग्रह गरेकी छिन् ।
आइफोन सेभेन ९१ हजार रुपैयाँदेखि १ लाख १९ हजारसम्मका छन् । त्यस्तै सेभेन प्लस १ लाख ८ हजारदेखि १ लाख २२ हजार ५ सयमा किन्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *