सुनचाँदीको मूल्य घट्दो क्रममा

भक्तपुर न्यूज

३ मंसिर २०७३ ७:२५

सुनचाँदीको मूल्य घट्दो क्रममा

काठमाडौं, ३ मंसिर । आज सुन तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँले कारोबार भएको सुन आज ६ सयले घटेर ५५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ७ सय ८५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ थियो ।
केही दिनदेखि ओर्लिएको सुनचाँदीको मूल्य आज पनि घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *