विश्व विद्यार्थी दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै
काठमाडौ, २ मंसिर । आज नोभेम्बर १७ अर्थात विश्व विद्यार्थी दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । संसारभरि गैह्र राजनैतिक तथा वहुसांस्कृतिक रुपमा आज यो दिवस मनाईन्छ ।
नाजी सैनिकहरुले सन् १९३९ मा चेक रिपब्लीकका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुमाथी आक्रमण गरि हत्या अनि गिरफ्तारी गरेको तथा सन् १९८९ मा भएको परिवर्तनमा समेत विद्यार्थीको शहादतको सन्दर्भलाई भावनात्मक रूपमा सम्मान गर्न आजको दिनमा सम्झिने गरिन्छ ।
ती विद्यार्थीहरु र उनिहरुको मृतआत्माको चिर शान्तिको कामना गर्दै विश्वभर आजको दिन विद्यार्थी दिवश मनाउने गरिन्छ ।
नेपालमा पनि विभिन्न चरणमा भएका आन्दोलन अनि परिवर्तनकारी कदमहरुमा विद्यार्थीहरुको सहभागीता अत्यन्त महत्वूर्ण रहेको छ ।
वि.सं.२००७ साल, २०४६ साल र ६२÷६३ को जनआन्दोलनमा विद्यार्थीहरुको भुमिका अत्यन्त महत्वपूर्ण रहेको छ । विद्यार्थीहरुलाई परिवर्तनका संवाहकको रुपमा लिने गरिन्छ ।