काठमाडौँ । लण्डन क्लब चेल्सीले एफ ए कपको चौथो चरणमा हल सिटीलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले हल सिटीमाथि २-१ को जित निकालेको हो ।
जितसंगै चेल्सी एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।
मिक्की बत्सुवाईले खेलको छैटौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
फिकायो तोमोरीले ६४ औ मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर बनाए ।
कामिल ग्रोसिकीले ७८ औ मिनेटमा एक गोल फर्काएपनि हल सिटीको हार टार्न सकेनन् ।
बत्सुवाईले पछिल्ला १४ खेलमा पहिलो गोल गर्न सफल रहे । उनले चोटग्रस्त टमी अब्राहमलाई स्थानान्तरण गर्दै लण्डन क्लबको जर्सीमा मैदान उत्रिएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १२ आइतबार
Comments