शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

भक्तपुर न्यूज

१ मंसिर २०७३ ८:४२

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं, १ मंसिर । आज बसेको व्यवस्थापिका संसदले नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको छ ।
शोक प्रस्ताव पारित गरेर स्थगित भएको बैठक शुक्रबार अपरान्ह १ बजे बस्ने छ ।
आजको बैठकमा सभामुख ओनसरी घर्तीले शोक प्रस्ताव पढेर सुनाएकी थिइन् । शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलनअनुसार बैठक स्थगित भएको हो ।
क्यान्सरबाट पीडित पाण्डेको उपचारका क्रममा सोमबार ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएकोे थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *