अर्जेन्टिनाद्वारा कोलम्बिया पराजित
काठमाडौं, १ मंसिर । विश्वकप छनौट फुटबलमा अर्जेन्टिनाले कोलम्बियालाई ३ शून्यले पराजित गरेको छ ।
आज बिहान भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान मेसी, लुकास प्राटो र डिमारियाले गोल गरे । खेलको १० औं मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले २३ औं मिनेटमा अग्रता दोब्बर र्पायो। मेस्सीकै पासमा लुकास पार्टोले गोल गर्दै अग्रता दोब्बर पारे ।
पहिलो हाफ २–० ले अगाडि रहेको अर्जेन्टिनाका लागि खेलको अन्त्यतिर ८४ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै ३–० को स्पष्ट जित दिलाए । उनले मेसीकै पासमा गोल गरेका थिए ।
आजको खैलसँगै अर्जेन्टिना १२ खेलबाट १९ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समूहमा ब्राजिल २४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रोमा २३ अंकसहित उरूग्वे, तेस्रो र चौथोमा समान २० अंक सहित इक्वेडर र चिली छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
४ जेठ २०८२ ९:५४