अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा स्पेन र इंग्ल्याण्ड बराबरी

भक्तपुर न्यूज

१ मंसिर २०७३ ५:२०

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा स्पेन र इंग्ल्याण्ड बराबरी

एजेन्सी, १ मंसिर । स्पेन र इंग्ल्याण्डबिच भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल २–२ को बराबरीमा सकिएको छ ।
खेलको अधिकांश समय स्पेनले बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न अन्तिम समय कुर्न परेको थियो । खेल सुरु भएको ९ औं मिनेटमा पाएको पेनाल्टीलाई इंग्ल्याण्डका आदम ललनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।
त्यस्तै पहिलो हाफको अतिरिक्त समय अर्थात ४८ औं मिनेटमा इंग्ल्याण्डका जेमी भार्डीले गोल गर्दै अग्रता दोब्बर बनाए । भार्डीले जोर्डन हेन्डरसनको क्रस पासमा गोल गरेका हुन् । स्पेनले ६६ प्रतिशत बल आफ्नो पक्षमा कायम राखेपनि गोल गर्न अन्तिम समय कुर्न र्पयो ।
८९ औं मिनेटमा स्पेनका स्ट्राइकर लोगो असपासले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । फ्रान्सिस्को रोमन अलक्रोन स्वारेज अर्थात स्कोले ९६ औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाएका हुन् । खेलको म्यान अफ द म्याच इंग्ल्याण्डका जेमी भार्डी भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *