भारतले फाइदा अनुकुल सरकार फेरबदल गर्छ : बिजुक्छें

भक्तपुर न्यूज

३० कार्तिक २०७३ ८:३२

भारतले फाइदा अनुकुल सरकार फेरबदल गर्छ : बिजुक्छें

भक्तपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अब छिट्टै सरकार परिवर्तन हुने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिजुक्छेंले भारतकै इशारामा संबिधान संशोधनका लागि वर्तमान नेतृत्वको सरकार निर्माण भएको भन्दै अब नयाँ सत्ता समिकरणमा काँग्रेस लागेको र काँग्रेसले नेतृत्व नलिए एमालेको नयाँ नेतृत्वमा बामदेमलाई अघि सार्दे सरकार निर्माण हुने बताए ।
संबिधान संशोधनलाई जसरी पनि सफल पार्न भारतले लोकमान प्रकरणलाई चालको रुपमा प्रयोग गरेकोे आरोप लगाउँदै केही ठूला राजनीतिक दलका पदाधिकारी जेल जान सक्ने अवस्था देखा परेपछि लोकमान प्रकरण बाहिर आएको उनले बताए । उनले जसको गल्ती छ त्यसलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नु आवश्यक रहेको समेत बताए ।
हरेक प्रधानमन्त्रीको परिवर्तनसँगै भारतीय नागरिकले नागरिकता पाउने परम्परा रहेको र यसबाट प्रचण्ड समेत अछुतो रहन नसकेका भन्दै संबिधान संशोधन गरि अंगिकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारी सुम्पने योजना बिफल हुने र संबिधान संशोधन तत्काल हुन नसक्ने उनको भनाई छ ।
उनले मधेश आन्दोलनका नेतृत्वको वास्तविक माग थाहा पाएका मधेशका जनता समेत नागरिकताको सवालमा संविधान संशोधन नगर्ने पक्षमा रहेको बताए ।
वर्तमान सरकारको सय दिनलाई नियाल्दा परिणाममुखि कुनै पनि काम नभएको र सरकारको काम कारवाही नियाल्दा सरकार केवल पंगु सावित भएको उनको ठहर छ ।
बिजुक्छेंले स्थानिय निकायको निर्वाचन पुनःसंरचना अनुसार तत्काल गर्न नसकिने भएकाले निवार्चन नगर्ने पक्षमा रहेकाले पुरानै संरचना तत्काल निर्वाचन गरि अन्य प्रक्रियालाई अघि बढाउन सकिने बताए । उनले स्थानिय निकायको निर्वाचन नगराउने चलखेल समेत सुरु भएको आरोप लगाए । भारतले अघोषितरुपमा जसरी प्रत्यक्ष नाकाबन्दी गर्यो सबैका अघि स्पष्ट रहेको भन्दै वर्तमान समयमा लोडसेडिठ्ठ नगर्न बिद्युत प्राधिकरण लागेको अवस्थामा त्यसको बिरोध गर्ने राजनीतिक दलका प्रतिनिधि र कर्मचारी भारत र नेपालको डबल तलब खानेहरु रहेको उनको दावी रहेको छ । उनले उनीहरु लोडसेडिठ्ठ अन्त्य गर्न लागेको प्राधिकरणमा बिभिन्न बहाना गरि भारतको गुण तिर्न लागेको र उर्जालाई कब्जा गरि अदृश्य उर्जामा नाकाबन्दी गरेको समेत आरोप लगाए ।
नेपालको कुटनीतिक पक्ष इतिहासमै कम्जोर रहेको भन्दै बिजुक्छेंले भारतका लागि राजदुत नियुक्ति गरिएका ब्यक्ति गलत रहेको र केही दिन अघि आएको अभिब्यक्ति कुटनीतिक मर्यादा भन्दा बाहिर रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *