सोलिडारिटी कपको उपाधीका लागि आज नेपाल र मकाउ प्रतिस्पर्धा गर्दै
काठमाडौं, ३० कार्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कपको उपाधीका लागि आज नेपालले मकाउसँग प्रतिस्पर्धा गर्दै छ । मलेसियाको कुचिङस्थित सारावाक स्टेट रंगशालामा नेपाल र मकाउबीचको खेल साँझ सवा पाँच बजेदेखि सुरु हुनेछ ।
नेपालले मकाउसँग यसअघि ५ पटक खेलेको छ । जसमा तीन खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । एक खेलको नतिजा मकाउको पक्षमा थियो ।
मकाउलाई पराजित गरी नेपाल एक बर्षको बीचमा अन्तर्राष्ट्रिय प्रतियोगिताको हृयाट्रिक गर्ने दाउमा छ । यसअघि नेपालले गत माघमा बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा सम्पन्न साग गेम्स अन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो ।
सेमिफाइनलमा लाओसलाई पेनाल्टीमा तीन शून्यले हराउँदै नेपाल उपाधि नजिक पुगेको थियो । त्यस्तै मकाउले सेमिफाइनलमा ब्रुनाईलाई पेनाल्टीमै हराएर फाइनलमा स्थान बनाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९