गिरी र दुर्गा प्रसाईंको घुस विवाद अख्तियार सम्म पुग्यो

भक्तपुर न्यूज

२९ पुष २०७६ १०:३७

गिरी र दुर्गा प्रसाईंको घुस विवाद अख्तियार सम्म पुग्यो

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।

गिरीमाथि २० करोड घुस मागेको आरोप लगाउँदै प्रसाईंले अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् ।

त्यसअघि प्रसाईंले पत्रकार सम्मेलन गरेर घुस मागेको आरोप लगाएपछि डा. गिरीले त्यसको खण्डन गरेका थिए । बी एण्ड सी कलेजलाई सम्बन्धन नदिएका कारण प्रसाईंले घुसको आरोप लगाएको गिरी निकटवर्तीको दाबी छ ।

तर प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर अख्तियारमा उजुरी दिएको बताएका हुन् । साथै उनले यही मुद्दालाई लिएर अदालतसम्म जाने चेतावनी दिएका छन् ।

प्रकाशित मितिः मंगलबार २९ पौष


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय