कराँते टोली भारत प्रस्थान

भक्तपुर न्यूज

२७ पुष २०७६ ११:१७

कराँते टोली भारत प्रस्थान

काठमाडौं । अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली भारतको बैंगलुरु प्रस्थान गरेको छ ।

उक्त प्रतियोगितामा सविन तामाङ, युवराज तामाङ, सशिम तामाङ, हेमराज थापा, राजकुमार श्रेष्ठ, विकास तामाङ, ङिमा नाम्गेल तामाङ, रोशन भुजेल, पतिव भण्डारी, आशा तामाङ, प्रमिला तामाङ, दीक्षा श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै श्याम तामाङ, सजना माझी, विशाल केसी, सोनाम तामाङ, तारा तामाङ, पविना सुवेदी, रोशन खाती, सन्जिव तामाङ, विश्वास हायु, अर्यान भण्डारी र दिनेश भण्डारीले पनि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता माघ ४ र ५ गते हुनेछ । टोलीलाई नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, सचिव सरोजकुमार मुल्मीलगायतले आइतबार बिदाइ गरेका थिए ।

प्रकाशित मितिः २०७६ पौष २७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय