चलचित्र “तानाजी” बक्स अफिसमा अघि

भक्तपुर न्यूज

२७ पुष २०७६ ८:१८

चलचित्र “तानाजी” बक्स अफिसमा अघि

काठमाडौं ।दीपिका पादुकोण अभिनित पछिल्लो चलचित्र ‘छपाक’ र अजय देवगनको ‘तानाजी : द अनसंग वारियर’ शुक्रबारबाट एकैसाथ प्रदशर्नमा आएका हुन् । यी दुई बहुप्रतिक्षित चलचित्रमध्ये ऐतिहासिक चलचित्र तानाजी बक्स अफिसमा अघि रहेको छ ।

‘छपाक’ ले रिलिजको दोस्रो दिन ११.६७ करोड कमायो भने ‘तानाजी’ ले दोस्रो दिन ३५.६७ करोड कमाउन सफल भएको हो । ट्रेड एनालिस्ट तरन आदर्शले ट्विट गर्दै यी दुई चलचित्रको दुई दिनको बक्स अफिस कलेक्सनको जानकारी दिएका हुन् ।

‘छपाक’ ले रिलिजको पहिलो दिन (शुक्रबार) ४.७७ करोड र शनिबार ६.९० गरी जम्मा भारतीय ११.६७ करोड कमाउन सफल भएको हो भने ‘तानाजी’को पहिलो र दोस्रो दिनको कमाई क्रमशः १५.१० करोड, २०.५७ करोड गरी जम्मा भारतीय ३५.६७ करोड कमाउन सफल भएको हो ।

कथामा दुवै चलचित्र दमदार भए पनि कमाइमा भने दीपिकाको चलचित्रलाई अजयको चलचित्रले उछिनेको देखिन्छ । ‘तानाजी : द अनसंग वारियर’ ओम राउटले निर्देशन गरेका हुन् । जसमा अजय देवगन, सेफ अलि खान र काजोलको मुख्य भूमिका रहेको छ ।

मेघना गुल्जारको निर्देशनमा बनेको चलचित्र ‘छपाक’मा दीपिका पादुकोण र विक्रान्त मस्से मुख्य भूमिकामा रहेका छन् ।

प्रकाशित मितिः २०७६ पौष २७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय