ट्यांकरले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

भक्तपुर न्यूज

२५ पुष २०७६ ६:४१

ट्यांकरले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

चितवन । ट्यांकरले ठक्कर दिँदा चितवनमा मोटरसाइकल चालकको मृत्यु भएको छ। गोरखाको भिमसेन गाउँपालिका–४ का ३५ वर्षीय इन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राप्ती नगरपालिका–६ हर्दीस्थित पूर्व–पश्चिम लोकमार्गमा टाँडीबाट लोथरतर्फ जाँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्यांकरले सोही दिशातर्फ गइरहेको प्रदेश ३-०२-००५ प नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए।

मोटरसाइकल चालक इन्द्रको भरतपुरमा उपचारका क्रममा राति ७ः२० बजे मृत्यु भएको प्रहरीलेजनाएको छ। मोटरसाइकलको पछाडि सवार अर्का भिमसेन–४ कै २४ वर्षीय सुगम तामाङ गम्भीर घाइते भएका छन्।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै सवारीसाधान र ट्यांकर चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

प्रकाशित मितिः २०७६ पौष २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय