यो साता नेप्से परिसूचक झिनो अंकले ओरालो

भक्तपुर न्यूज

१८ पुष २०७६ ८:५२

यो साता नेप्से परिसूचक झिनो अंकले ओरालो

काठमाडौं । यो साता शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । यस साता ११६७.४२ को बिन्दुबाट सूरु भएको कारोबार साताको अन्तिम कारोबारका दिन सम्म आईपुग्दा १ अंकको हारहारीमा घटे्को छ ।

यस साता कारोबारका लागी आएका कम्पनीहरुको ७१ लाख ८१ हजार ६ सय ६२ कित्ता शेयर कारोबार हुदाँ २ अर्ब २९ करोड बराबरको कारोबार भएको छ ।

यस्तो छ साताभर को शेयर कारोबार :

अघिल्लो साताको अन्तिम कारोबारका दिन २ अंकको हारहारीमा ओरालो लागेको नेप्से यस साताको पहिलो दिन पनि पुन ५ अंकको हारहारीमा ओरालो लागेको थियो ।त्यस दिन कारोबारमा आएका १८१ कम्पनीको १५ लाख ५४ हजार ८ सय ९० कित्ता शेयर किन बेच हुदाँ ४२ करोड २४ लाख ५३ हजार ९ सय ९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, अघिल्लो दिन ओरालो लागेको नेप्से कारोबारको दोस्रो दिन भने ५ अंकको हारहारीमा उकालो लागेको थियो ।त्यस दिन कारोबारका लागी आएका १७७ कम्पनीको १४ लाख ९१ हजार बराबरको शेयर किन बेच हुदाँ ६२ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, कारोबारको तेस्रो दिन पुन उकालो लागेको नेप्से पसरसूचक १ अंकको हारहारीमा उक्लीएको थियो । त्यस दिन कारोबारमा आएका १७७ कम्पनीको १३ लाख २ हजार ९ सय कित्ता शेयर किन बेच हुदाँँ ४४ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, कारोबारको चौँथो दिन नेप्से परिसूचक चार अंकको हारहारीमा उकालो लागेको थियो । त्यस दिन कारोबारमा आएका १७६ कम्पनीको ११ लाख ७३ हजार ३ सय १३ कित्ता शेयर किन बेच हुदाँ ३७ करोड २९ लाख बराबरको कारोबार भएको थियो ।

तिन दिन लगातार उकालो लागेको नेप्से साताको अन्तिम कारोबारका दिन भने ३ अंकको हारहारीमा ओरालो लागेको थियो ।त्यस दिन कारोबारका लागी आएका १७० कम्पनीको १६ लाख ६० हजार कित्ता शेयर किनबेच हुदाँ ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

प्रकाशित मितिः २०७६ पौष १८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय