२०२१ सम्ममा भारतले चन्द्रयान-३ प्रक्षेपण गर्ने तयारी
काठमाडौँ । भारतले चन्द्रयान-२ को विफलपछि चन्द्रमामा पुग्ने चन्द्रयान-३ बनाउने तेस्रो योजना बनाएको छ। बुधबार भारतको स्पेस एजेन्सीका अध्यक्ष के सिभनले मानवरहित चन्द्रयान-३ को काम सहज रूपमा अघि बढेको बताएका छन्।
चन्द्रयान-३ लाई २०२० भित्र नै पठाउने योजना बनाएको छ तर २०२१ सम्म पनि धकेलिन सक्ने सिभनले जनाएको छ। यो सफल भए चन्द्रमामा अन्तरिक्षयान अवतरण गर्ने भारत विश्वको चौथो राष्ट्र हुने जनाइएको छ।
चन्द्रमामा रुस, अमेरिका र चीनले चन्द्रमामा अन्तरिक्षयानमा पठाइसकेको छ।यसअघि भारतले गत २२ जुलाई मा चन्द्रयान-२ प्रक्षेपण गरेको थियो। सो उडान विफल भएसँगै भारतले अहिले फेरि नयाँ यानको योजना बनाएको हो।
प्रकाशित मितिः २०७६ पुस १७ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१५