‘वार’ बन्यो २०१९ मा सर्वाधिक कमाउने बलिउड फिल्म
काठमाडौं। बलिउडमा सन् २०१९ मा धेरै फिल्महरु रिलिज भएका छन् । यस बर्ष बलिउडमा कुनै फिल्मले राम्रो कमाई गरे भने कुनै फल्प पनि भए । भारतिय मिडियाका अनुसार सन् २०१९ मा हालसम्म २४६ फिल्महरु रिलिज भइसकेका छन् । त्यस्तै २०१९ को अन्तिम साता अहिले २ फिल्म रिलिज भएका छन् ।
अहिले अक्षय कुमारको गुड न्यूज र सलमान खानको फिलम दबंग ३ हलहरुमा चलिरहेको छ । यस्तै २०१९ मा सर्वाधिक कमाउने फिल्ममा अभिनेता अक्षय कुमारका तीन फिल्म परेका छन् । यस बर्ष सर्वाधिक कमाउने फिल्मको पहिलो नम्बरमा अभिनेता ऋतिक रोशन तथा टाइगर श्राफको वार रहेको छ ।
यस फिल्मले २९२.७१ करोड भारू कमाउन सफल भएको छ । त्यस्तै दोस्रो नम्बरमा शाहिद कपुरको फिल्म कबिर सिंह बनेको छ । त्यसैगरी तेस्रोमा विक्की कौशलको उरीः द सर्जिकल स्ट्राइक रहेको छ । यस फिल्मले २४४ करोड भारू कमाउन दसफल भएको छ ।
प्रकाशित मितिः २०७६ पुस १३ आइतबार
