नियमित डायलाइसिस गरी फर्के प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलाइिसस गरी अस्पतालबाट फर्केका छन् । उनी नियमित डायलाइसिसका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
“उहाँ नियमित डायलाइसिसका लागि अस्पताल जानुभएको हो । फर्किसक्नु भयो,” उनले भने । १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको केही समयदेखि नियमित डायलाइसिसमा छन् । मृर्गौलाको कार्यक्षमतामा ह्रास आएकाले प्रत्यारोपण अथावा डायलाइसिस विकल्प बनेको छ ।
तर प्रधानमन्त्रीले केही समयअघि एपेण्डिसाइटिसको पनि शल्यक्रिया गराएकाले तत्काल प्रत्यारोपण गर्न मिल्दैन । सुरुमा ग्राण्डी अस्पतालमा डायलाइसिस गराउँदै आएको भए पनि पछिल्लो समय मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा डायलाइसिस गरिँदै आएको छ ।
प्रकाशित मितिः२०७६ पुस ११ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
