वडा कार्यालयको ताल्चा फोडी ३० हजार नगद चोरी
गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका ७ को वडा कार्यलयमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ। मालिका गाउँपालिका ७ घमिरका वडा अध्यक्ष बेदप्रसाद पन्थीका अनुसार आफू बस्ने कार्यकक्षमा चाबी फोडेको बताउँदै वडा सचिवको कार्यकक्षमा रहेको मंसिर महिनाको आन्तरिक आम्दामी तर्फको करिब ३० हजार नगद चोरी भएको पन्थीले बताए।
अन्य कम्प्युटर लगायतका साम्रगी केही नभएको पन्थीले बताए। मंगलबार कार्यालय बन्द गरी गएको र बुधबार बिहान कार्यालय खोल्न आउँदा कार्यालयमा तोडफोड भएको देखेपछि प्रहरीलाई खबर गरेको पन्थीले बताए।
सिमलटारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शेरबहादुर घर्तीका अनुसार वडा कार्यालयको ताल्चा फोडी ३० हजार चोरी भएको घटनाका बारेमा अनुसन्धान भइरहेको भन्दै अन्य भौतिक क्षति भने नभएको जानकारी दिए।
प्रकाशित मितिः २०७६ पौष ०९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
