महोत्तरीको बर्दिबासमा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अर्का एक घाइते
काठमाडौं : बर्दिबास नगरपालिका–३ पाटु नजिकै आज बिहान मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यस्तै, अर्का एक जना घाइते भएका छन् ।
बिपी राजमार्गअन्तरगत बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ६ ख २६४५ नम्बरको मालबाहक ट्रकले विपरित दिशातर्फबाट आउँदै गरेको ग ६ प १७८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी २२ वर्षीय युवकको घटनास्थल मै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।मृतकको सनाखत हुन बाँकी रहेको छ ।
यस्तै, दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार सिन्धुलीको तिनपाटन गाउँपालिका–१० का २३ वर्षीय कुमार खाती गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि शुभस्वस्तिक अस्पताल पठाइएको छ ।ठक्कर दिएर ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६पौष ०९, बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
