पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत अहिले चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा भईरहेको छ । पोखरा रंगशालामा भइरहेको खेलमा बुटवलले टस जितेर पहिले फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गरिरहेको हो ।
चितवन पारस खड्काको कप्तानीमा र बुटवल सोमपाल कामीको नेतृत्वमा मैदान उत्रिएका छन् ।दुबै टोली लगातार दोस्रो जितको खोजिमा छन् ।
पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई ६ विकेट र बुटवलले काठमाडौं गोल्डेनलाई सुपर ओभरमा हराएको थियो ।
प्रकाशित मितिः २०७६ पौष ३ बिहीबार
Comments