आज त्रिविको ४५ औँ दीक्षान्त समारोह
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोह आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन् ।
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक र पुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

समारोहमा करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् ।
प्रकाशित मितिः २०७६ पौष ३ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
