मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
दाङ। राप्ती गाउँपालिका–५ परुवामा आज बिहान नम्बर खुल्न नसकेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दाङबाट काठमाडौं आउँदै गरेको रा ५ प ७१५३ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको सवारी साधनले आज बिहान साढे ५ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक तुल्सीपुर उपमहानगरपालिका–६ हात्तीखवाका २२ वर्षीय शिवराम डाँगीको बुटवल स्थित मर्सिसिटी अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ पौष २ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
